Meeting of Assessment Committee

Published Date: 2017-11-09

परीक्षण समितिको पहिलो बैठक

२०७४ कात्तिक २३ गते शैक्षिक गुणस्तर परीक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ अनुसार गठित परीक्षण समितिको पहिलो बैठक समितिका बरिष्ठतम सदस्य प्राध्यापक डा. अरविन्दलाल भोमीको अध्यक्षतामा बसी केन्द्र कार्यहरूको समीक्षा गर्नुका साथै समितिका शैक्षिक अनुसन्धानसँग सम्बन्धित दुर्इ संस्थागत सदस्य मनोनयन गर्‍यो । समितिको सो बैठकमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा २०७३ मा धनकुटा, सप्तरी, पर्सा, भक्तपुर, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया र कञ्चनपुर गरी ११ जिल्लाका २६०५ विद्यालयका कक्षा २ र ३ मा अध्ययनरत ७२५२२ विद्यार्थीहरूमा सञ्चालन गरिएको कक्षाकोठामा आधारित पठन सीप परीक्षण (CB-EGRA) को नतिजा तथा राम्रो नतिजा ल्याउने चार विद्यालयको केस अध्ययनमा अधारित Identifying driving factors of high achieving public schools शीर्षकको प्रतिवेदनको सारसंक्षेप पनि अध्ययन टीमका तर्फबाट डा. विनोद लुइटेलले प्रस्तुत गर्नु भएको थियो । उक्त बैठकमा समितिका सदस्यहरू प्राध्यापक डा. अरविन्दलाल भोमी, शैक्षिक गुणस्तर परीक्षण केन्द्रका सहसचिव डा. लेखनाथ पौडेल, शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल, प्राध्यापक डा. शम्भुप्रसाद खतिवडा, प्राध्यापक डा. पुष्पा कर्ण, प्रध्यानाध्यापक दिवाकर पाण्डे र सदस्य सचिव रुद्रप्रसाद अधिकारी ‍ सहभागी हुनुहुन्थ्यो भने विषय समितिका अध्यक्षहरू प्राध्यापक डा. हरिप्रसाद उपाध्याय, प्राध्यापक डा. पारसमणि भण्डारी र डा.  विनोद लुइटेल‍  ‌आमन्त्रित सदस्यका रूपमा सहभागी हुनु भएको थियो । बैठकमा सम्बन्धित विषयको प्रस्तुति र अन्य व्यवस्थापकीय कार्यमा सहयोग उपसचिव उत्तरकुमार पराजुली, शाखा अधिकृत देवीराम अचार्य, शाखा अधिकृत कृष्णबहादुर थापा र लेखा अधिकृत नगेन्द्र दहालले गर्नु भएको थियो ।