Results of Classroom Based Early Grade Reading Assessment (CB-EGRA)

Published Date: 2017-11-08

कक्षाकोठामा आधारित पठन सीप परीक्षणको नतिजा

शैक्षिक गुणस्तर परीक्षण केन्द्रद्वारा २०७३ मा धनकुटा, सप्तरी, पर्सा, भक्तपुर, कास्की, मनाङ, मुस्ताङ, दाङ, बाँके, बर्दिया र कञ्चनपुर गरी ११ जिल्लाका २६०५ विद्यालयका कक्षा २ र ३ मा अध्ययनरत ७२५२२ विद्यार्थीहरूमा सञ्चालन गरिएको कक्षाकोठामा आधारित पठन सीप परीक्षण (CB-EGRA) को नतिजा प्रकाशन गरिएको छ । परीक्षण सञ्चालन तथा तथ्याङ्क विश्लेषण कार्यमा आरटीआइ-इजिआरपीको आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध भएको थियो । दिइएको लिङ्कबाट राष्ट्रिय, जिल्लागत तथा विद्यालयगत रुपमा नतिजा हेर्न सकिन्छ । थप जानकारीको लागि केन्द्रमा सम्पर्क राख्न सकिनेछ ।

नतिजा हेर्नुहोस् ।